५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

५ माघ, कास्की । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।

प्रसाईं पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् । काठमाडौँबाट पक्राउ अनुमति आएपछि प्रसाईंलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १७:०७