एकताबद्ध भएर निर्वाचनमा जुट्न एमाले उपमहासचिव योगेश भट्टराईको अपिल
५ माघ, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न पार्टीपंक्तिमा अपिल गर्नुभएको छ । सोमबार भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो अपिल गर्नुभएको हो ।
उपमहासचिव भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणको सम्बन्धमा मापदण्ड बनाउनुपर्ने विषयमा आफूले सचिवालय बैठकमा फरक मत राखेको र लिखित रूपमा समेत दर्ज गरेकाले चुनावपछि त्यसको पनि छलफल र समिक्षा हुने भन्दै अहिले चुनावको तयारीमा लाग्न अपिल गर्नुभएको छ ।

उहाँले आफू ताप्लेजुङमा उम्मेदवारी दर्तामा सहभागी हुने बताउँदै सबैलाई आफ्नो आफ्नो क्षेत्रको पायक पर्ने ठाउँमा उपस्थित हुन अनुरोध गर्नुभएको छ ।
यस्तो छ भट्टराईको भिडियो सन्देश
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १३:१८









