५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

एमालेका अध्यक्ष केपी शर्मा ओली झापामा

५ माघ, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुग्नुभएको छ । ओली एमालेको तर्फबाट झापा ५ बाट उम्मेदवार हुन झापा आइपुग्नु भएको हो । उहाँलाइ चन्द्रगढी विमानस्थलमा एमालेका केही नेता कार्यकर्ताले स्वागत गर्नुभयो ।

जेन्जी विद्रोहले सत्ताच्यूत भएपछि ओली काठमाडौँ उपत्यका बाहिर पहिलो पटक निस्कनुभएको हो । उहाँले एमालेका तर्फबाट टिकट वितरण सकेर झापा आउनुभएको हो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १२:२९