पूर्वराज्यमन्त्री उप्रेतीको निधन
५ माघ, काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उहाँको श्रीमतिको कारोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आउनुभएको थियो । आज बिहान ३ बजे उहाँको निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले बतानुभयो । लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित हुनुभएको उहाँलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ ले परिचित हुनुहुन्थ्यो ।

तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री हुनुभएको उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गर्नुभएको थियो । एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गर्नुभएको उहाँले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आउनुभएको थियो ।
काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उहाँको ठूलो योगदान रहेको छ । आज उहाँप्रति श्रद्धाञ्जली सभा गरी आफन्तको आगमन पश्चात आजै दिउँसो दोलालघाटमा दाहसंस्कार गरिने लामाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १२:१७









