२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

२० निर्माण कम्पनी कालोसूचीमा

५ माघ, काठमाडाैँ । सार्वजनिक खरिद प्रक्रियामा लापरबाही र सम्झौता उल्लङ्घन गर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कार्यालयका अनुसार आइतबारको निर्णयअनुसार अधिकांश निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने केही कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

कालोसूचीमा परेकामध्ये सडक डिभिजन कार्यालय चरिकोट र बैतडीसँग सम्बन्धित निर्माण कम्पनीहरू सङ्ख्या बढी रहेको छ। साथै कृषि सामग्री कम्पनी लिमिटेड र सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा परेका केही कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : 11:15