९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

कुमारी बैंकको १४ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउँछन् ?

५ माघ, काठमाडाैँ । कुमारी बैंकले १४ लाख ६२ हजार ९३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकी आवेदन दिनुपर्नेछ । यदि तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

शेयर खरिदका लागि काठमाडौँको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र काठमाडौँको टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेस गर्न सकिनेछ। तोकिएको अवधिसम्म विद्यमान संस्थापकबाट कुनै पनि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : January 19, 2026 at 9:52 am