५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

नेपाल प्रहरीका ८ डीआईजीकाे सरुवा

५ माघ, काठमाडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरिएको छ।

नेपाल सरकार गृह मन्त्रालयले ८ जना डीआईजीहरूको सरूवा गरेको हो । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना ९प्रहरी० लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ।

गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो। सरुवा भएका डीआईजीहरूको सूची र नयाँ कार्यक्षेत्रबारे प्रधान कार्यालयले मातहतका युनिटहरूलाई जानकारी गराउँदै आवश्यक कारबाहीका लागि निर्देशन दिएको छ।

यसअघि प्रहरी उपरीक्षक (एसपी) हरूको पनि ठुलो सङ्ख्यामा सरुवा भएको थियो।

यी हुन् सरूवा गरिएका ८ डीआईजीहरूः

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार ०९:२१