ओली सरकारका खानेपानी मन्त्री प्रदीप यादव एमालेमा, लगे पर्सा १ को टिकट
५ माघ, काठमाडौँ । केपी शर्मा ओली सरकारका खानेपानी मन्त्री प्रदीप यादव एमाले प्रवेश गर्नुभएको छ । उहाँ गएराति एमाले प्रवेश गरेर पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको टिकट लिएर सोमबार बिहानै वीरगञ्ज निस्कनु भएको छ ।

जसपा नेपालका नेता यादवलाई खादा लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार ०९:०५









