५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

नुवाकोट १ मा रास्वपाबाट डा विक्रम तिमिल्सिना उम्मेदवार

५ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोट क्षेत्र नम्बर १ बाट डा विक्रम तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तिमिल्सिना पत्रकारिताबाटै राजनीतिमा आउनुभएको पात्र हो ।

यसअघि २०७९ को निर्वाचनमा डा प्रधुम्न महतले रास्वपाबाट उम्मेदवारी दिनुभएको थियो । उहाँले यसपटक चुनाव लड्ने भनेर सम्पर्क कार्यालय खोलेर गाउँबस्ती डुल्दै आउनुभएको पनि थियो तर रास्वपाले टिकट भने दिएन ।

नुवाकोटको लिखु स्थायी घर हुनुभएको उहाँले राजनीति, भूराजनीति तथा परराष्ट्र मामलामा कलम चलाउँदै आउनुभएको छ भने नेपालको शान्ति प्रक्रियामा शक्तिराष्ट्रको भूमिका बिषयमा अष्ट्रेलियाको ग्रिफिथबाट विद्यावारिधि गर्नुभएको छ ।

तिमिल्सिनाले झण्डै १५ वर्ष विभिन्न शैक्षिक संस्थामा अध्यापन तथा अनुसन्धानको अनुभव पनि हासिल गर्नुभएको छ । उहाँले एक दशक रेडियो सगरमाथामा काम गर्नुभएको थियो ।

डा। तिमिल्सिनाले विभिन्न रेडियो, टेलिभिजन तथा अन्य सञ्चारमाध्यममार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका विषयमा कयौं अन्तर्वार्तामार्फत् बहस गर्दै आएका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार ०८:४८