४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

रूख चिह्नबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ, सर्वोच्चको निर्णय स्वीकार्य हुनेछः पूर्णबहादुर खड्का

४ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेदवारी दिने पक्षमा आफूहरू नरहेको बताउनुभएको छ ।

खड्काले निर्वाचन आयोगको निर्णयको विरूद्धमा आफूहरू सर्वोच्च अदालत गएको र सर्वोच्च अदालतले दिने निर्णय आफूहरूलाई स्वीकार्य हुने बताउनुभएको हो । आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै खड्काले रूख चुनाव चिह्न बाहेक अन्यथा सोच्न पनि नसकिने बताउनुभएको हो ।

खड्काले नयाँ पार्टी खोल्ने, स्वतन्त्र उम्मेदवारी दिने जस्ता बजार हल्लाको पछि नलाग्न आग्रह समेत गर्नुभएको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो। त्यसको विरूद्धमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू आइतबार सर्वोच्च अदालत जानुभएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार २२:४०