११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता

४ माघ, काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सम्झौता भएको छ।

सम्झौता अनुसार खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री गर्ने गरेको ‘ब्ल्याक हर्स’ ब्राण्डका विभिन्न किसिमका जुत्ताहरूको खरीद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा मिति पौष ३० गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिजको तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूले ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि द्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरू देशभर रहेका बिक्रेताहरूबाट खरीद गर्दा सुपथ मूल्यमा पाउने भएका छन्।

प्रकाशित मिति : January 18, 2026 at 2:35 pm