९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

एमालेको ओली गुटका ओली पीडित एलपी साँवाले पनि पाएनन् टिकट

४ माघ, काठमाडाैँ । झापा क्षेत्र नम्बर ४ बाट दुई पटक लोकप्रिय मतका साथ संघीय संसदमा निर्वाचित नेकपा (एमाले) का नेता लालप्रसाद साँवा लिम्बू (एलपी) शनिबार पनि आफ्नो निर्वाचन क्षेत्रमा नै व्यस्त थिए । आफ्नो निर्वाचन क्षेत्रमा रहेका शुक्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा लिएर पुगेका थिए । क्षेत्र नम्बर ४ का एमालेका नेता तथा कार्यकर्ताहरुसँगसँगै अभियानमा खटिरहेका साँवालाई लागेको थियो, ‘जनताको सेवा नै महत्वपूर्ण हो ।’

आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त रहेको बेला यता नेकपा (एमाले)को मुख्यालयमा टिकट बाँडफाँडको लागि बैठक चलिरहेको थियो । राती कार्यकर्ताहरुसँग निर्वाचन क्षेत्रको कामको बारेमा बहस भइरहेको बेला एक जना कार्यकर्ताले सुनायो, ‘हैन, हाम्रो माननीयज्यूको त टिकट खोसिएछ होऊ । दुई पटक सांसद भएर पनि मन्त्री पद खरिद गर्न नसक्नुभएको उहाँको टिकट पनि खोसिएछ । अच्मम लाग्यो ’

यो सन्देशपछि साँवासँग धेरै भन्नु केही रहेन । साँवाले मन अमिलो पारेरै भएपनि कार्यकर्ताहरुलाई सम्झाए, ‘जनताभन्दा ठुलो केही हुन्न, टिकट नपाए पनि जनताको सेवा गर्ने अधिकार संबिधानले दिएको छ, चिन्ता नगर्नुहोस् ।’

झापाका नेताहरुका अनुसार साँवा झापा क्षेत्र नम्बर ४ मा यतिधेरै लोकप्रिय छन्, की यस्तो घर छैन, उनले जहाँ नटेकेको होस्, यस्तो कुनै सामाजिक संस्था वा विद्यालय नहोस् जहाँ सहयोग नगरेको होस् । तर उनै साँवाको टिकट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिबार खोसीदिए । तर साँवाको लागि यो खोस्ने श्रृखला पहिलो भने होइन । उनी निकट एक नेता भन्छन्, ‘अब उहाँको खोस्न जनता बाहेक अरु केही रहेन ।’

गएको नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनमा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट मात्रै १४ जना नेताहरूलाई केन्द्रीय कमिटीमा तानियो । वडाको निर्वाचन पनि नजितेका नेताहरुलाई केन्द्रीय कमिटीमा तान्दै गर्दा दुई–दुई पटक जितेका साँवालाई केही दिइएन । र्खरै एमालेका छिरेका, वडा सदस्य समेत जित्न नसक्नेहरुलाई केन्द्रीय सदस्य बनाइदा ३६ सालदेखि निरन्तर सक्रिय साँवा अटेनन् । तैपनी उनले चित्त बुझाए । विद्रोह गरेनन् ।

एक दुई वर्षअघि एमाले छिरेकाहरु एमालेका केन्द्रीय सदस्य भए तर एमालेका महासचिव शंकर पोखरेलहरु काठमाडौंमा विद्यार्थी राजनीतिमा रहेका बेला धरानमा स्ववियु सभापति जित्ने साँवा अटेनन् । नेकपा (एमाले) मा दुई पटक चुनाव तिजेका सबै नेताहरुलाई मन्त्री बनाइयो । तर साँवा यस्ता नेता हुन्, जसलाई मन्त्री त के ? एक पटक विदेश भ्रमणको सूचीमा समेत राखिएन ।

एक दुई वर्षअघि एमाले छिरेकाहरु एमालेका केन्द्रीय सदस्य भए तर एमालेका महासचिव शंकर पोखरेलहरु काठमाडौंमा विद्यार्थी राजनीतिमा रहेका बेला धरानमा स्ववियु सभापति जित्ने साँवा अटेनन् । नेकपा (एमाले) मा दुई पटक चुनाव तिजेका सबै नेताहरुलाई मन्त्री बनाइयो । तर साँवा यस्ता नेता हुन्, जसलाई मन्त्री त के ? एक पटक विदेश भ्रमणको सूचीमा समेत राखिएन ।

त्यसो साँवा लामो राजनीतिक यात्रापछि संसदीय राजनीतिमा आएका हुन्, धरानको हात्तीसारस्थित खाद्य प्रविधि क्याम्पसमा उनी स्वावियु सभापति हुँदा काठमाडौंमा शंकर पोखरेल, योगेश भट्टराईहरु आ-आफ्ना क्याम्पसमा स्ववियुकै दौडमै थिए । धरान क्याम्पस (हात्तिसार) मा २०४३ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा लोकप्रिय मत लिएर जितेका साँवाले कम्युनिष्ट आन्दोलनलाई भुइँतहमा लैजान ठुलो योगदान गरे ।

२०३६ सालदेखि यता निरन्तर विभिन्न मोर्चामा सक्रिय साँवा कोशीमा यति लोकप्रिय छन्, जसले कोशी प्रदेशमा नेकपा (एमाले) का ओलीपछि सबैभन्दा धेरै मतान्तरले लगातार दोस्रो पटक विजय हासिल गरेर आफ्नो जनआधार प्रमाणित गरेका थिए ।

झापा क्षेत्र नम्बर–४ मा ०७४ को निर्वाचनमा लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याएर विजयी भएका थिए । त्यो बेला कांग्रेसका देउकुमार थेबे २६ हजार ८ सय २२ मतसहित दोस्रो भएका थिए । २०७९ सालको संघीय संसद निर्वाचनमा लिम्बूले झापा–४ बाट ७ हजारको मतान्तरले विजय भए ।

अन्यायको अन्तिम श्रृखला

साँवा नेपाल उद्योग तथा व्यावसायी महासंघको संस्थापक अध्यक्ष हुन्, यो संगठनलाई उनले देशभर फैलाए । तर यो संगठनको अध्यक्ष पद पनि महाधिवेशनबाट होइन बैठकबाटै खोसियो । साँवा दुई पटक सांसद भए, उनलाई एउटा पनि राम्रो संसदीय समितिमा समेत राखिएन । पार्टीमा राम्रो जिम्मेवारी पाएनन् ।

साँवामाथि यसरी निरन्तर अन्याय गरिनुको कारण भने अध्यक्ष ओली नै हुन् । झापाका एक नेताका अनुसार साँवा जनताको विचमा लोकप्रिय छन् । ओलीको शक्तिले शक्तिशाली भएकाहरुले साँवालाई आफ्नो ‘एसम्यान’ तर उनी जनताविचमा लागीरहे । त्यही लोकप्रियता देख्न नसकेर झापाली नेताहरुले निरन्तर ओलीलाई पोल लगाए । त्यही आधारमा धारणा बनाएर साँवामाथि ओलीले अन्यायको डन्डा चलाएका हुन् । झापाका एक नेता भन्छन्, ‘यो त कहालीलाग्दो श्रृखला नै हो ।’

प्रकाशित मिति : January 18, 2026 at 2:33 pm