कांग्रेस माग्दै पूर्णबहादुर सर्वोच्चमा, अदालतको आदेशपछि नयाँ पार्टी खोल्ने
४ माघ, काठमाडौँ । विशेष महाधिवेशन बहिष्कार गरेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का पार्टीको आधिकारिकता माग्दै सर्वोच्च अदालत पुग्नुभएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दर्ता गर्न खड्का सर्वोच्च पुग्नुभएको हो ।

उहाँसँग विमलेन्द्र निधीसहितका केही नेता पनि साथमै पुग्नुभएको छ । शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएको नेतृत्वको विवरण अद्यावधिक गरेपछि खड्कासहितका कांग्रेस नेता आन्दोलित बन्नुभएको छ ।
उहाँहरूले अदालतको निर्णयपछि नयाँ पार्टी गठन गर्ने निर्णय समेत गरिसकेको स्रोतले जनाएको छ । यसअघि पनि नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेर काम गरेको अनुभव उहाँहरूसँग रहेकाले सर्वोच्चको फैसला लगत्तै नयाँ पार्टीको बाटोमा अघि बढ्ने स्रोतले जनाएको छ ।
प्रकाशित मिति : ४ माघ २०८२, आईतवार ११:०१









