४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

एमालेलाई ‘नम्बर १’ बनाउन विष्णु रिमालको अपिल

४ माघ, काठमाडाैँ । नेकपा एमालेका नेता विष्णु रिमालले एमालेलालाई ‘नम्बर १’ पार्टी बनाउन प्रस्ताव गर्नुभएको छ । उहाँले टिकट वितरणको निर्णयपछि फेसबुक मार्फत प्रतिक्रिया दिँदै भन्नुभएको छ, ‘महसुस गरौँ—एकताबद्ध भएर आम निर्वाचनमा हाम्रो पार्टीलाई नम्बर १ पार्टी बनाऔँ।’

यस्तो छ उहाँको टिप्प्णी

आम निर्वाचनमा पार्टीले चुनाव लड्छ।
हामी पार्टीका नेता–कार्यकर्ता पार्टीलाई जिताउन दिलोज्यानले सक्रिय हुन्छौँ—कोही उम्मेदवारको रूपमा, कोही परिचालक-प्रचारकको रूपमा। जुनसुकै हैसियतमा सक्रिय भए पनि हाम्रो भूमिका एउटै हो। हामी एक लयमा अघि नबढ्दा न ‘लड्ने’ले जित्छौँ, न त ‘लडाउने’ले नै जस पाउँछौँ।

कसले टिकट पायो भन्ने विषय छोडौँ—यसपाली नपाउनेले अर्को पालि पाउँछ। यतिखेर धेरै कुरा मिलाउन बाँकी छन्। हामीमाथिको घेराबन्दी र आक्रमण तीव्र छ। त्यसैले महसुस गरौँ—एकताबद्ध भएर आम निर्वाचनमा हाम्रो पार्टीलाई नम्बर १ पार्टी बनाऔँ।

जबसम्म एमाले निर्णायक राष्ट्रिय शक्ति बन्दैन, रूपान्तरण गर्न बाँकी रहेका हाम्रा कामहरू पूर्ण हुने छैनन्। नभुलौँ—यो चुनाव ‘जलाउने’ र ‘जोगाउने’, ‘भत्काउने’ र ‘बनाउने’ बीचको जनमत संग्रह पनि हो।

हिजो छनोटमा पर्नुभएका एमालेका सबै उम्मेदवारहरूलाई हार्दिक शुभकामना।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार ०९:५४