विष्णु पौडेलले रुपन्देही छाडेर पाल्पा-२ बाट चुनाव लड्ने
३ माघ, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विष्णु पौडेलले रुपन्देही छाडेर पाल्पा-२ बाट चुनाव लड्ने हुनुभएको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले पौडेललाई पाल्पा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल पाल्पा-२ बाट चुनाव लड्न लागेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
यसअघि रुपन्देही-२ बाट चुनाव लड्दै आउनुएका पौडेलको नाम यसपटक पनि सोही क्षेत्रबाट एकल सिफारिस भएको थियो। तर आज बसेको सचिवालय बैठकले पौडेलको नाम पाल्पा-२ बाट टुंग्याएको हो ।
प्रकाशित मिति : ३ माघ २०८२, शनिबार २३:१२









