३ माघ २०८२, शनिबार | Sun Jan 18 2026

केपी ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने एमालेको निर्णय

३ माघ, काठमाडौँ। नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ ।

पार्टीको शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

बैठकको निर्णय सुनाउँदै उपमहासचिव भट्टले सो कुरा बताउनुभएको हो ।

यस्तै, बैठकले ७७ वटै जिल्लामा उम्मेदवारको टुंगो लयाएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार २३:०१