१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

कांग्रेस माग्दै शेरबहादुर देउवा गुट अदालत जाने

३ माघ, काठमाडौं । नेपाली कांग्रेस माग्दै निवर्तमान सभापति शेरबहादुर देउवा गुट अदालत जाने भएको छ । शनिबार बिहान ललितपुरको सानेपामा भएको देउवा गुटको भेलाले यस्तो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्व अद्यावधिक गरेपछि देउवा गुट पूर्णबहादुर खड्काको नेतृत्वमा आन्दोलित बनेको छ ।

प्रकाशित मिति : January 17, 2026 at 12:25 pm