सञ्चारमन्त्री खरेलले ललितपुर २ बाट चुनाव लड्ने
३ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले ललितपुर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्नेहुनुभएको छ ।
उहाँले आइतबार नागरिक सरकारको मन्त्री पदबाट राजीनामा दिएर आफू पूर्णकालीन राजनीतिमा लागेको घोषणा गर्नुहुनेछ । खरेलले रास्वपाबाट चुनाव लड्ने स्रोतले जनाएको छ । शनिबार लगनखेलमा भएको एक कार्यक्रममा उहाँले यसको केही संकेत समेत गर्नु भएको छ ।
प्रकाशित मिति : ३ माघ २०८२, शनिबार १०:४०









