नेपाली कांग्रेसको आधिकारिक सभापति थापा, निर्वाचन आयोगमा अपडेट हुँदै
२ माघ, काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएको नयाँ नेतृत्वको अध्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बहुमतले यस्तो निर्णय गरेको आयोग स्रोतले बताएको छ । यद्यपी आयोगको तर्फबाट यसको आधिकारिक जानकारी दिन बाँकी छ।
आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शम्शेर जबरा अध्यावधिक गर्ने पक्षमा र आयुक्त जानकीकुमारी तुलाधरले त्यसमा असहमति जनाएको स्रोतले जनाएको छ ।

विशेष महाधिवेशनबाट कांग्रेसमा गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल रहनुभएको छ ।
अहिले निर्वाचन आयोगको बाहिर कांग्रेसका दुबै पक्षका नेता कार्यकर्ता सडकमा बसेर प्रदर्शन गरिरहेका छन ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार १८:४९









