९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

एमालेले बोलायो सचिवालय बैठक, उम्मेदवार टुंगो लगाउने

२ माघ, काठमाडाैँ । नेकपा (एमाले)ले सचिवालय बैठक बाेलाएकाे छ । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार टुंगो लगाउन  सचिवालय बैठक बोलाइएको हाे।

अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्नेगरी सचिवालय बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले जानकारी दिएनुभयाे । आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसका लागि एमालेले शनिबार उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने शाहीले जानकारी दिनुभयाे।

एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सिफारिस गरेर पठाएको नामावली जिल्ला कमिटी हुँदै प्रदेश कमिटीहरूले केन्द्रमा पठाइसकेका छन्। यसरी सिफारिस भएका उम्मेदवारमा अध्यक्ष ओलीसहित ३५ जना सर्वसम्मत भइसकेको प्रचार विभाग प्रमुख शाहीले जानकारी दिनुभयाे।

आउँदो प्रतिनिधि सभा निर्वाचनमा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको छ। यसअघि एमाले केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेद्वार टुंग्याउन सचिवालयलाई जिम्मा दिएको थियो।

प्रकाशित मिति : January 16, 2026 at 3:18 pm