देशभर ईभी चार्जिङ र सेवा पूर्वाधार विस्तार गर्दै सिप्रदी
३० पुस, काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारी साधन (ईभी) प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित देशभर चार्जिङ र सेवा पूर्वाधारलाई तीव्र रूपमा विस्तार गर्दै लगेको छ। कम्पनीले हालसम्म १८५ भन्दा बढी ईभी चार्जिङ नेटवर्क स्थापना गरिसकेको जनाएको छ।
सिप्रदीका अनुसार देशका विभिन्न स्थानमा १६ भन्दा बढी ईभी–समर्पित सेवा केन्द्र सञ्चालनमा छन्। यी सेवा केन्द्रमार्फत ईभी प्रयोगकर्तालाई मर्मत, परीक्षण तथा प्राविधिक सेवा उपलब्ध गराइँदै आएको छ।

त्यसैगरी, सिप्रदीले एकवटा ब्याट्री डायग्नोस्टिक र रिस्टोरेसन सुविधा समेत सञ्चालनमा ल्याएको छ, जसले ईभीको ब्याट्री परीक्षण, स्वास्थ्य मूल्याङ्कन तथा पुनःस्थापना सेवामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीले एक्सचेन्ज क्याम्पमार्फत ईभी बुकिङ गर्ने ग्राहकका लागि सिप्रदी नेटवर्कभित्र आजीवन निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। यस कदमले ईभीप्रति उपभोक्ताको आकर्षण बढाउने विश्वास लिइएको छ।
सिप्रदीको यस पहलले नेपालमा दिगो यातायात, वातावरणमैत्री प्रविधि र विद्युतीय सवारीको प्रयोग विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यस सम्बन्धमा थप जानकारी वा स्पष्टिकरण आवश्यक परेमा सिप्रदीका प्रतिनिधि दीग्विजयसँग +९७७–९८०१०६००३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रकाशित मिति : ३० पुष २०८२, बुधबार ११:४३









