राष्ट्रिय वाणिज्य बैंक र नेपाल नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच सम्झौता
३० पुस, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गर्नु भएको हाे ।
सम्झौता पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरुका लागी तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा तथा अन्य बैंकिङ सेवासुविधा उपलब्ध गराउनेछ ।

उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका निर्देशकद्वयस् विनोद प्रसाद न्यौपाने र सिए किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप कार्यकारी अधिकृतत्रय विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौडेल लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाम सहित दुर्गम क्षेत्रमा समेत गरी ३१२ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ मार्फत आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।
प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १६:२९









