कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त
१ माघ, काठमाडाैँ । नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी नेता देवराज चालिसेलाई दिइएको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट चालिसेलाई पार्टीको प्रवक्ता तोकिएको हो ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बिहीबार ललितपुरको कुपण्डोलमा बसेको थियो । काठमाडौँको भृकुटीमण्डपमा बुधबार राति सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा गगन थापासहितको केन्द्रीय समिति निर्वाचित भएको छ ।
प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १३:४३









