राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ४ हजार ४३९ जना कर्मचारी (विज्ञापनसहित)
१ माघ, काठमाडाैँ । राष्ट्रिय तथ्यांक कार्यालयले ४ हजार ४३९ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ।
कार्यालयले बिहीबार विज्ञापन प्रकाशन गर्दै करार सेवाका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक गरी कुल ४ हजार ४३९ जना कर्मचारी माग गरेको हो।
सुपरिवेक्षकको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने गणकले १०+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। करार अवधि साढे २ महिना तोकिएको छ भने सुपरिवेक्षकको तलब स्केल ३४ हजार ७३० रूपैयाँ र गणकको तलब ३२ हजार ९०२ रूपैयाँ तोकिएको छ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन्।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १३:३८









