कांग्रेस महाधिवेशन वैशाखमा गर्ने निर्णय केन्द्रीय समितिबाट अनुमोदन
३० पुस, काठमाडाैँ । कांग्रेस महाधिवेशन वैशाखमा गर्ने निर्णय केन्द्रीय समितिबाट अनुमोदन
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ । बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघि कार्यसम्पादन समितिले पारित गरेको निर्णय अनुमोदन गरेको हो ।

१५ औं महाधिवेशन आउँदो वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको हाे । भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ । नेतृत्व चयनका लागि उम्मेदवारी समेत दर्ता भइसकेको छ भने निर्वाचन कार्यतालिका तय गरिएको छ ।
प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १६:०३









