३० पुष २०८२, बुधबार | Wed Jan 14 2026

गगन-विश्वप्रकाश साधारण सदस्य समेत नरहने गरी कांग्रेसबाट निष्कासित

३० पुस, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहममन्त्री फर्मुला मनसुर लगायतलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनिहरूलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।

बैठकले उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १५:४९