५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पाैडेलको उम्मेदवारी

३० पुस, काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पाैडेलको उम्मेदवारी परेको छ । सभापतिमा गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ भने महामन्त्रीमा शर्मा र पाैडेलको मात्र उम्मेदवारी परेको छ । सभापति र महामन्त्रीमा करिब उहाँहरू सर्वसम्मत हुने सम्भावना रहेको छ । विशेष महाधिवेशनको चौँथो दिन बुधबार निर्वाचन कार्यक्रम सुरू भएको छ ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १२:०१