गगन र विश्वप्रकाशलाई निवासमै बोलाएर शेरबहादुरको शुभकामना
३० पुस, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको नेतृत्व गरिरहनुभएको महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई निवासमै बोलाएर शुभकामना दिनुभएको छ ।

निवासमा बोलाएर सभापति देउवाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया नै अघि बढाएपछि निवासमा बोलाएर सफलताको शुभकामना दिनुभएको कांग्रेस स्रोतले जनाएको छ । शुभकामनाको शब्द सुन्न विशेष महाधिवेशन दुत्कारी रहेका नेताहरू बालकृष्ण खाँण र रमेश लेखक पनि पुगेको स्रोतले बताएको छ ।
प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १०:०२









