२९ पुष २०८२, मंगलवार | Wed Jan 14 2026

एसबीआई बैंकमा लुटपाटः गाउँलेले समाते एक बोरा पैसा, प्रहरीले समात्यो गाडी

२९ पुस, काठमाडौँ । विवाहमा जाने भन्दै हिँडेका नकाबधारीले भारतीय लगानीको एसबीआई बैंक लुटेका छन । मंगलबार राति सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकमा लुटपाट भएको छ । बिएडी ०३९८ नम्बरको टाटासमुको प्रयोग गरेर सात जनाको समूहले बैंक लुटेको हो ।

प्रहरीले बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति र गाडि समातेको छ । राति ७ बजे बैंक लुटिएको खबर पाएको सिन्धुली प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

dainiki.com

समातिएका गाडीका चालकका अुनसार नकाबधारीहरू विवाहमा जाने भन्दै गाडी चढेर बैंक लुट्न गएका थिए । लुटेराहरूले सुरक्षाकर्मीमाथि कुटपिट गरेर कर्मचारी नियन्त्रणमा लिएर बैंक लुटेका थिए । लुटेराहरू भागेका छन भने प्रहरीले लुटेरा चढेको गाडी र त्यसका चालकलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार बैंकबाट करिब तीन करोड सात लाख रुपैयाँ लुटिएको प्रारम्भिक अनुमान छ। लुटेराको कुटपिटबाट घाइते भएका बैंकका सुरक्षाकर्मीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार लुटेराको समूहसँग गाउँलेले ३० किलोको चामलको बोराको एक बोरा पैसा नियन्त्रणमा लिएका छन । उक्त रकम कति छ भन्ने बारेमा गणनापछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार ००:१०