१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कांग्रेस केन्द्रीय समिति बैठक सर्यो

२९ पुस, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे हुने भनिएको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दैनिकीलाई जानकारी दिनुभयो ।

उहाँले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज २०८२ पौष २९ गते मंगलबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, आमन्त्रित सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : January 13, 2026 at 11:37 am