इक्यानको अध्यक्षमा लक्ष्मण पाैडेल एन्ड्रयु विजयी
२८ पुस, काठमाडाैँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पाैडेल एन्ड्रयु विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनामा पाैडेल ३४१ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी दीपकराज भुसालले २४९ मत प्राप्त गर्नुभयो ।
पौडेल वर्तमान उपाध्यक्ष हुनुहुन्थ्यो भने भुसाल महासचिव हुनुहुन्थ्यो । योसँगै इक्यान राजेन्द्र बराल र प्रकाश पाण्डेको कब्जाबाट मुक्त भएको छ । भुसाल पूर्व अध्यक्ष बराल, पाण्डे र शेषराज भट्टराईको समर्थनमा उम्मेदवार हुनुभएको थियो भने पौडेल पूर्व अध्यक्ष विष्णुहरि पाण्डेको समर्थनमा उम्मेदवार हुनुभएको थियो ।
एमाले, नेकपा र केही कांग्रेस निकटका व्यवसायिले पार्टीको आधिकारिक उम्मेदवार भुसाललाई बनाएका थिए भने केही एमाले र केही कांग्रेस निकटका व्यवसायीले पौडेललाई समपर्थन दिएका थिए ।
प्रकाशित मिति : २८ पुष २०८२, सोमबार २२:५८









