२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

एक वर्षपछि टुंगियो नेपाल पत्रकार महासंघको सल्लाहकारको विवाद

२८ पुस, काठमाडौँ । नेपाल पत्रकार महासंघको सल्लाहकार विवाद एक वर्षपछि टुंगिएको छ । सल्लाहकार बन्ने दौडमा रहनुभएको तत्कालीन कार्यबाहक अध्यक्ष बाला अधिकारी नेपाली कांग्रेसको पूर्णकाली राजनीतिमा होमिएको एक सातापछि पत्रकार महासंघको वेवसाइटमा सल्लाहकारको तस्बिर सार्वजनिक गरिएको छ ।

महासंघको वेवसाइटमा विधान अनुसार नै पूर्व अध्यक्ष गोविन्द आचार्य, निवर्तमान अध्यक्ष विपुल पोखरेल र अध्यक्षका निकटतम प्रतिस्पर्धी रमेश विष्ट सल्लाहकार तोकिनुभएको छ । यसअघि नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनबाट महासंघमा प्रतिनिधित्व गर्नेहरू सल्लाहकारको विषयमा विभाजित भएपछि निर्णय हुन सकेको थिएन ।

सल्लाहकारकै विषयमा निर्णय लिन नसक्दा काठमाडौँको तिनकुनेमा रहेको सिद्धार्थ कटेजमा बस्दै नबसी स्थगित भएको केन्द्रीय समितिको बैठक अझै अनिश्चित रहेको छ ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार २०:४१