२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

रास्वपाको समानुपातिक सूचीबाट सुनिता नेम्हफुकीले पनि लिइन नाम फिर्ता

२८ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्दसूचीमा रहनुभएको कृषि उद्यमी सुनिता नेम्हफुकीले पनि नाम फिर्ता लिनुभएको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह बालेनको टिमबाट कोटामा नाम परेको भए पनि नेम्हफुकीले नाफ फिर्ता लिनुभएको हो ।

सोमबार निर्वाचन आयोगमा उभिएको तस्बिर सार्वजनिक गर्दै उहाँले राजनीतिक भूमिकामा एक कमद पछि हटेको जानकारी दिनुभएको छ । आदाबासी जनजाति महिला क्लस्टरमा समावेश नेम्हफुकीसँगै रास्वपाबाट बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या १२ पुगेको छ ।

यस्तो छ सुनिताको स्टेटस

समानुपातिक संसद सदस्यको सन्दर्भमा — मेरो स्पष्ट धारणा
पछिल्लो समय,
बालेन शाह नेतृत्वसँग नजिकका केही साथीहरूबाट
मलाई संसद सदस्यका लागि अघि बढ्ने प्रस्ताव आयो।
यो प्रस्ताव सम्मानजनक थियो, त्यसका लागि म आभारी छु।
यो हप्ता मैले धेरै नेतृत्व, नीति–निर्माता र क्षेत्रका विज्ञहरूसँग भेटेँ।
गहिरो छलफल र आत्ममन्थनपछि
मैले अहिलेका लागि राजनीतिक भूमिकाबाट एक कदम पछाडि रहेर
मेरो मूल क्षेत्र—कृषिको उद्यमशीलतामा केन्द्रित हुने निर्णय लिएकी छु।
मलाई विश्वास छ—
कृषि परिवर्तन नारा वा पदबाट मात्र होइन,
प्रणाली, बजार र उद्यमबाट हुन्छ।
किसानलाई लाभग्राही होइन, साझेदार बनाउने,
कृषिलाई पेशा होइन, उद्योग बनाउने काममै
अहिले मेरो सबै ऊर्जा केन्द्रित हुनेछ।
राजनीतिप्रति मेरो सम्मान यथावत् छ।
भविष्यमा सार्वजनिक भूमिकामा योगदान दिने ढोका खुलै छ।
तर अहिले, काम गरेर देखाउने नेतृत्व नै
देशप्रतिको मेरो जिम्मेवारी हो।
म राजनीतिबाट भागेकी होइन—
म नेपालको कृषि परिवर्तन गर्ने बाटो रोजिरहेकी छु।
नेपालको संघीय संसद भित्र वा बाहिर,
मेरो लक्ष्य एउटै छ—
किसान बलियो, कृषि व्यवसायिक, नेपाल आत्मनिर्भर

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १८:२५