२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा केन्द्रीय समिति विघटनकाे प्रस्ताव पेस

२८ पुस, काठमाडाैँ । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ । यसअघि अधिवक्ता समेत रहनुभएका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गर्नुभएकाे कार्यविधि सर्वसम्मत पारित भएको छ ।

सो कार्यविधिमा महाधिवेशनले के–के छलफल र निर्णय गर्ने भन्ने विषय समेटिएको छ । बन्द सत्रमा २ जना महामन्त्रीले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने हुनुभएकाे छ । विशेष महाधिवेशन प्रचार समिति संयोजक सुवास पोखरेलले महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिनुभएकाे हाे ।

‘बन्द सत्रमा महामन्त्रीले पेस गर्ने २ वटा प्रस्ताव पास हुन्छन् । २ प्रस्तावमा ४ विषय छन्’, उहाँले भन्नुभयाे, ‘ती विषयहरूमा समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधान संशोधन, कांग्रेसको परिमार्जन समेटिएका छन् ।’

उहाँले महाधिवेशन प्रतिनिधिहरू ९ वटा ग्रुपमा विभाजन गरेर महामन्त्रीका प्रस्तावमा छलफल हुने जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १२:१७