२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

कांग्रेस विशेष महाधिवेशनः बन्दसत्र सोमबार बिहान ८ बजेदेखि सुरु हुने

२७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबा बिहान ८ बजेदेखि हुने भएको छ ।

कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिनुभयो । बन्दसत्रका लागि प्रस्तुत कार्यविधिमाथि छलफल गरेर निष्कर्षमा पुगिने उहाँको भनाइ छ ।

बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताउनुभयो । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन् ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार २१:४५