२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको साधारणसभा सम्पन्न

२७ पुस, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । कम्पनीकाे चौबीसौं वार्षिक साधारणसभा पुस २५ गते सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न भएको छ।

सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन लगायत २०८२ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरणहरु समेत सर्वसम्मत पारित गरेको छ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १०:१०