२६ पुष २०८२, शनिबार | Sat Jan 10 2026

सशस्त्र प्रहरी अधिकृत र पत्रकारबीच मैत्रीपूर्ण फुटबल

२६ पुस, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवस २०८२ का अवसरमा सशस्त्र प्रहरी अधिकृत र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित एपिएफ रङ्गशालामा सम्पन्न उक्त खेलमा सशस्त्र प्रहरीका तर्फबाट तीन र पत्रकारकातर्फबाट एक गोल भएको थियो ।

सशस्त्र प्रहरीका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र पत्रकारका तर्फबाट नेपाल समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दिपक रिजालले टिमको कप्तानी गर्नुभएको थियो । फुटबल प्रतियोगितामा सुरक्षा विटमा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ पुष २०८२, शनिबार १८:४३