एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी
२६ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरमा बसिरहेकाे छ ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको तयारीका विषयमा सम्बोधन गर्नुहुने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

संशोधित विधान बमोजिम पार्टीको विनियमावली संशोधन, महाधिवेशनको आय/व्यय, पछिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन र विविध कार्यसूची रहेका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक यही पुस ४ गते काठमाडौँमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २६ पुष २०८२, शनिबार १५:२८








