२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

५ अर्ब १५ करोडको साधारण सेयर निष्काशन गर्न बोर्डले दियो अनुमति

२५ पुस, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले ५ अर्ब बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार पाँच महिनामा बोर्डले ५ अर्ब १५ करोड बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएकाे हाे ।

त्यस्तैगरी, साे अवधिमा धितोपत्र बोर्डले रु.११ अर्ब ८३ करोड बराबरको म्युचुअल फण्ड, र.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर गरी कुल रु.२० अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हाे ।

प्रकाशित मिति : January 9, 2026 at 5:51 pm