लाभांश पारित गर्दै सन नेपाल लाइफको साधारण सभा सम्पन्न
२५ पुस, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीको आठौँ तथा नवौँ बार्षिक सााधारण सभा आज काठमाडौंको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सम्पन्न भएको हो ।
सभामा हाल कायम चुक्ता पूँजीकाे ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश(बोनस सेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मत पारित भएकाे छ ।
त्यस्तै, सभामा सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।
प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १६:२०








