२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

नेकपाकाे भेनेजुएला प्रकरणमा अडान कायमै, सार्वभौम देशमाथिको हस्तक्षेपकाे खुलेरै बिराेध

२१ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएलाबारे आफ्नो अडान कायम राखेकाे छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले हरेक देशको सार्वभौम सत्ता, स्वतन्त्रता र अखण्डतामा बाह्य हस्तक्षेप हुन नहुने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अाफ्नाे पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहिआएको बताउँदै  हरेक देशको सार्वैभौमसत्ता स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने बताए ।

नेकपा बैठकको निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता पार्टीले राखेकाे बताए ।

सोमवारको सचिवालय बैठकमा अधिकांश समय भेनेजुएला प्रकरणबारे छलफल भएको थियो । नेकपाले पार्टीको सांगठनिक समायोजनका लागि गठन गरेको कार्यदललाई भोलिसम्ममा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि भोलि नै स्थायी कमिटी बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १३:४३