२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने अमन पक्राउ

२५ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ
गरेको छ ।

अमनले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १३:०१