१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५ पुस, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ घटेको छ । प्रतितोला ५५ रुपैयाँले चाँदीको भाउ घटेको हो । अघिल्लो दिन तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ११:०८