९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

२५ पुस, काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृतभएसँगै मुनाफामा सरिक हुने(बोनस दिने गरी) जारी भएका बीमलेखहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हाे । कम्पनीले यो अवधिका लागि प्रतिहजार अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

कम्पनीले सावधकि तथा आजीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिइने भएको छ। त्यस्तै सावधिक जीवन बीमालेखमा ४५ रुपैयाँदेखि ६२ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ।

त्यस्तै, बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म तथा सामूहिक सावधिक, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ र भविष्य निधिमा ४४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनसदर कायम भएको छ।

त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म, बाल उच्च शिक्षामा ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस र वार्षिक भुक्तानीमा रिभर्सनरी बोनस ३८ देखि ५६ रुपैयाँसम्म तथा टर्मिनल बोनस ६ रुपैयाँ र एशियन सावधिक प्लस, सुखी जीवन प्लसमा रिभर्सनरी बोनस ४२ देखि ६० रुपैयाँसम्म र टर्मिनल बोनस ६ रुपैयाँ दिने भएको छ।

उक्त बोनसदर मुनाफामा सरिक हुने गरी जारी गरेको जीवन बीमालेखहरूमा मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागू हुनुका साथै अर्काे बोनसदर लागू नभएसम्म यही बोनसदर लागू रहने कम्पनी जाएकाे छ ।

प्रकाशित मिति : January 9, 2026 at 10:28 am