२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

२५ पुस, काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा सर्वसाधारणका साथै जो सुकै कम्पनी,व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । बैंकले यसअघि बैंकका संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी उक्त सेयर बिक्रीमा राखेको थियो । तर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेका कारण सर्वसाधारणका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । लगानीकर्ताले काठमाडौंको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ०९:५९