९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

एक बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा, तपाईको आयो त ?

२५ पुस, काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । बैंकको पुस २१ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट पारित भएको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको बैंकले जनाएकाे छ ।

डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका तथा हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गरी सोसँगै हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर पनि अद्यावधिक गर्न आग्रह गरेको छ।

साथै, आफ्नो सेयर धितो राखेका सेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक वित्तीय संस्थाको स्वीकृति पत्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : January 9, 2026 at 9:46 am