१९ माघ २०८२, सोमबार | Tue Feb 3 2026

एमाले सचिवालयमा विष्णु रिमाललाई चोरबाटोबाट ढोका खुल्यो

२४ पुस, काठमाडौँ । नेकपा एमालेको उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित हुनुभएको विष्णु रिमाललाई पार्टीको सचिवालयसहित सबै कमिटीको बैठकमा सहभागी गराउन अध्यक्ष केपी शर्मा ओलीले चोरबाटोबाट ढोका खुला गर्नुभएको छ ।

पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्ष कार्यविधि संशोधन गर्दै अध्यक्ष ओलीले प्रतिष्ठानको अध्यक्ष सचिवालय बैठकमा आमन्त्रित गर्न सक्ने व्यवस्था गर्नुभएको छ । एमालेको २३ पुसमा जारी गरेको अन्तरपार्टी निर्देशनमा यसको जानकारी गराइएको छ ।

निर्देशनमा भनिएको छ, ‘नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यविधि संशोधन गर्नेः नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यविधि संशोधन गरिएको छ । संशोधित कार्यविधिअनुसार प्रतिष्ठानको अध्यक्षमा पूर्वपदाधिकारी तथा पदाधिकारी सरहको व्यक्ति अध्यक्ष हुने व्यवस्था गरिएको छ । प्रतिष्ठानको अध्यक्ष केन्द्रीय आयोगका अध्यक्षसरह केन्द्रीय सचिवालयको बैठकमा आमन्त्रित गर्नसक्ने व्यवस्था गरिएको छ । नयाँ संशोधित कार्यविधिका आधारमा प्रतिष्ठानको अध्यक्षमा निवर्तमान उपमहासचिव कमरेड विष्णुप्रसाद रिमाललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।’

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १९:४९