२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

लाभांश प्रस्ताव पारित गर्दै एनएमबि बैंकको बार्षिक साधारण सभा सम्पन्न

२४ पुस, काठमाडौँ । एनएमबि बैंकको वार्षिक साधाराण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेको थियो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १७:२५