२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

लाभांश पारित गर्दै सानिमा रिलायन्सको साधारण सभा सम्पन्न

२४ पुस, काठमाडाैं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको नवौ वार्षिक साधारण सभा पुस २४ गते बिहीबार गोल्फुटारमा रहेको शुभ इभेन्टसमा सम्पन्न भएको हो ।

सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको १०.१७८० प्रतिशतका दरले नगद लाभाशं (करसहित) वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । त्यस्तै, सभाबाट, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव २०८१/८२ वार्षिक प्रतिवेदन सहित  लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित भएकाे छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १६:०३