१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

रहबर अन्सारीद्वारा पार्टी परित्यागको घोषणा

२४ पुस, काठमाडौँ । माओवादीबाट प्रदेश सांसद जित्नुभएका रहबर अन्सारीले पार्टी परित्याग गर्नुभएकाे छ । अन्सारीले बिहीबार हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गर्नुभएकाे हाे ।

अन्सारीले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा गाएको ‘सागर के तुफान को भी हमने बस में किया है..’ सायरी उद्धृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको बताउनुभएकाे छ ।

राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’

प्रकाशित मिति : January 8, 2026 at 3:52 pm